Below Menu

सुपर खुदी हाइड्रोपावरको ७७ लाख कित्ता शेयरको लक इन अवधि भदौ १६ गतेबाट सकिँदै 

सुपर खुदी हाइड्रोपावरको ७७ लाख कित्ता शेयरको लक इन अवधि भदौ १६ गतेबाट सकिँदै 

काठमाडौं : सुपर खुदी हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) भदौ १६ गतेबाट सकिने भएको छ । कम्पनीले सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

Sponsored Advertisement

हाइड्रोपावरले सामुहिक लगानी कोषका लागि ७७ लाख ५०० कित्ता शेयर छ महिनाका लागि लकइनमा राखेको थियो । उक्त शेयरको लकइन अवधि खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ ।

लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।  

थप समाचार