ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो आईएसओ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो आईएसओ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

काठमाडौं : ट्रन्क्यूलिटी स्पा प्रालिले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ। यूआरएस, युकेएएस र आईएएफ मान्यता प्राप्त विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रमाणीकरण निकाय हो। 

यो प्रमाणपत्रले कम्पनीको सम्पूर्ण वेलनेस र ब्युटी सेवाहरूमा गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम) लाई मान्यता दिएको छ।

यस प्रमाणीकरणको दायरामा थेराप्युटिक मसाज, सबै प्रकारका ब्युटी थेरापी, स्टिम, सौना तथा ज्याकुजी सुविधा, जिम, स्विमिङ पूल र टेनिस सुविधाहरू पर्दछन् जसले ट्रन्क्यूलिटी स्पाको सञ्चालन, सरसफाइ मापदण्ड र ग्राहक सेवा प्रणालीले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर पूरा गरेको पुष्टि गर्दछ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत भुवन फैजुले भने, यो आईएसओ ९००१ः२०१५ प्रमाणीकरण ट्रन्क्यूलिटी स्पाका लागि एउटा महत्वपूर्ण उपलब्धि हो, तर यसभन्दा बढी यो हाम्रो हरेक ग्राहकप्रतिको एउटा प्रतिबद्धता हो, कि उनीहरूले हाम्रो हरेक शाखामा उस्तै स्तरको हेरचाह, सरसफाइ र सेवा पाउनेछन् ।’ त्यसैगरी, कम्पनीका प्रमुख सञ्चालन अधिकृत रनिल फैजुले थपे, ‘आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गर्नु भनेको वर्षौंदेखि ट्रन्क्यूलिटी स्पाले निर्माण गरेको प्रणाली र मापदण्डको प्रमाणीकरण हो। यसले हामीले प्रदान गर्ने प्रत्येक सेवामा निरन्तरता, सरसफाइ र गुणस्तरप्रतिको हाम्रो प्रतिबद्धतालाई झल्काउँछ, र यो हामीले निरन्तर उकास्दै लैजाने एउटा मापदण्ड हो।’ 

यो मान्यताले ट्रन्क्यूलिटी स्पालाई नेपालको पहिलो र एकमात्र आईएसओ प्रमाणित वेलनेस ब्रान्डको रूपमा स्थापित गरेको छ, जसले आफ्ना ग्राहकहरूलाई सुरक्षित र उच्च गुणस्तरको वेलनेस अनुभव प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई झल्काउँछ।
 

थप समाचार