लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन, आजै छलफल सुरु हुने

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन, आजै छलफल सुरु हुने

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् । 

उनले समितिलाई आजै पीडितहरूसँग वार्ता सुरु गर्न निर्देशन दिइसकेका छन् । समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन् । 

वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य छन् । समितिको पहिलो बैठक अहिले केही बेरमा अर्थ मन्त्रालयमा बस्दै छ। सो बैठकले आन्दोलनरत लघुवित्त पीडितहरूसँग आजै वार्ता सुरु गर्नेछ।

थप समाचार