कुमारी क्यापिटलका तीन सामूहिक लगानी योजनाको प्रतिफल घोषणा

कुमारी क्यापिटलका तीन सामूहिक लगानी योजनाको प्रतिफल घोषणा

काठमाडौं : कुमारी क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएका तीनवटा सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०८२÷८३ को प्रतिफल घोषणा गरेका छन् । 

साउन २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुमारी इक्विटी फण्ड, कुमारी धनवृद्धि योजना र कुमारी सबल योजनाका इकाइधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । 

कुमारी बैंक लिमिटेड प्रवर्द्धक तथा कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको कुमारी इक्विटी फण्डका इकाइधनीले १० प्रतिशत नगद प्रतिफल प्राप्त गर्नेछन्। यस योजनाबाट कुल १० करोड रुपैयाँ वितरण गरिने कम्पनीले जनाएको छ।

त्यसैगरी, बन्दमुखी योजना कुमारी धनवृद्धि योजनाका इकाइधनीलाई पनि १० प्रतिशत नगद प्रतिफल वितरण गरिनेछ। यस योजनाअन्तर्गत करसहित करिब १२ करोड २७ लाख सात हजार २५९ रुपैयाँ वितरण हुने जनाएको छ।

यस्तै, कुमारी सबल योजनाका इकाइधनीलाई २.७० प्रतिशत नगद प्रतिफल प्रदान गरिनेछ। यस योजनाबाट करसहित करिब २ करोड १५ लाख ९७ हजार ७७० दशलमव ३० रुपैयाँ वितरण गरिने कुमारी क्यापिटलले जनाएको छ।

कम्पनीका अनुसार सञ्चालक समितिको निर्णयअनुसार घोषित प्रतिफल सम्बन्धित योजनाका इकाइधनीलाई प्रचलित कानुनी व्यवस्था तथा कर कट्टीपछि वितरण गरिनेछ।

थप समाचार