Below Menu

नेप्से परिसूचक झिनो अंकले बढ्याे, कारोबार रकम साढे तीन अर्बमा खुम्चियो 

नेप्से परिसूचक झिनो अंकले बढ्याे, कारोबार रकम साढे तीन अर्बमा खुम्चियो 

काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ०.७९ अंकले बढेर २६४१.८५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १०२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज २० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ५३ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ११ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४४ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा माउन्ट एभरेष्ट पावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज आईसीएफसी फाइनान्स डिेबञ्चरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

थप समाचार