लाभांश प्रस्तावसहित माण्डु हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? 

लाभांश प्रस्तावसहित माण्डु हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? 

काठमाडौं : माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ। साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले दुई आर्थिक वर्षको लाभांश प्रस्ताव पारित गर्न भदौ १८ गते १४ औँ तथा १५ औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । 

Sponsored Advertisement

उक्त सभा नेपाल बैंक्वेट, नयाँबजार काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र आर्थिक वर्ष २०८२/८३ को लागि सञ्चित मुनाफाबाट १२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले लाभांशको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ ५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार भदौ ४ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

थप समाचार