रिलायबल समृद्धि योजनाद्वारा लाभांश प्रस्ताव 

रिलायबल समृद्धि योजनाद्वारा लाभांश प्रस्ताव 

काठमाडौं : रिलायबल समृद्धि योजनाले लाभांश घोषणा गरेको छ। कम्पनीको व्यवस्थापक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित कोषबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

Sponsored Advertisement

क्यापिटलले योजनाका इकाईधनीहरुलाई ८.४२१०५ प्रतिशतका दरले हुन आउने १० करोड १० लाख ५२ हजार ६३१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि क्यापिटलले भदौ १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार भदौ ९ गतेसम्म कायम इकाईधनीहरुले उक्त लाभांश प्राप्त गर्न सक्नेछन्।

थप समाचार