काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१.२१ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ०.५५ अंकले बढेर २६४२.४० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १७१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा तीन अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब ५३ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज घलेम्दी हाइड्रोको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २९ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सर्वोत्तम पेन्टस् इन्डष्ट्रिज कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज इमर्जिङ नेपालको शेयरमूल्य ५.११ प्रतिशतले घटेको छ ।