अटो बीमा दाबी झन्झटिलो हुन्छ भन्ने भ्रामक भाष्य हो : सीईओ पन्त

अटो बीमा दाबी झन्झटिलो हुन्छ भन्ने भ्रामक भाष्य हो : सीईओ पन्त

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अटो बीमा दाबी गर्दा समस्या हुने भाष्य बनेको बताएका छन् ।

Sponsored Advertisement

बिहीबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एण्ड इन्स्योरेन्स’ कार्यक्रममा बोल्दै उनले यो भस्य भएपनि बीमा कम्पनी त्यस्तो नभएको बताएका हुन् ।

उनले बीमा दाबीको आधारभूत सिद्धान्त हुने भएकोले यसको प्रमाण र प्रक्रिया बुझे पछि सहज हुने बताएका हुन्। यसको बुझाइको कारणले नै बीमा दाबीको समस्या भएको उनले बताए ।

यसको निष्पक्ष पारदर्शिता बीमाको ऐन मा बसेर फर्ष्युट गर्नुपर्ने भएकोले क्षतिको सही विवरण, प्रमाणलाई प्रमाणित गर्ने कागजात दिए भने सहज हुने उनको भनाइ छ ।

उनले भने, ‘यो कुरा अहिले परिपक्व भइसकेको छ । बीमा प्राधिकरणले क गर्यो भने छिटो भुक्तानी दिन सकिन्छ भनेर  निर्देशन दिने गरेको छ । अहिले यो प्रक्रिया कहाँ पुगेको छ भनेर ड्यासबोर्डमा राख्नुपर्ने छ ।’

उनले घरायसी सामानको लागि चाहिने सामान को लागि जोखिम पनि नदेखिने भएको ले बीमा नभएको बताए । सवारी साधन र मोबाइल बाहेक घरायसी सामान मा बीमा नदेखिएको उनको भनाइ छ ।

उनले इभी गाडीमा ब्याट्रीमा ५० प्रतिशतमात्रै बीमाले डिप्रिसेसन काटिने बताए ।

थप समाचार