Below Menu

छिमेक लघुवित्तको प्रतिशेयर आम्दानी घट्यो, खुद नाफा एक अर्ब २९ करोड  

छिमेक लघुवित्तको प्रतिशेयर आम्दानी घट्यो, खुद नाफा एक अर्ब २९ करोड  

काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाले एक अर्ब २९ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ७.१० प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले एक अर्ब २१ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै संस्थाको नाफामा उछाल आएको हो ।

गत असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ६.७० प्रतिशतले बढेर तीन अर्ब ८४ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ८ प्रतिशतले बढेको छ । त्यस्तै सञ्चालन नाफा ६.७२ प्रतिशतले बढेर तीन अर्ब ४० करोड ७९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको नाफा बढेपनि संस्थाको प्रतिशेयर आम्दानी भने घटेको छ । अघिल्लो आवमा ३७.७२ रुपैयाँ  रहेको संस्थाको प्रतिशेयर आम्दानी घटेर गत असार मसान्तसम्म आइपुग्दा ३५.९१ रुपैयाँमा झरेको छ । त्यस्तै यस अवधिमा कम्पनीको निष्क्रिय कर्जा २.५५ प्रतिशतबाट घटेर २.३० प्रतिशत पुगेको छ ।

असार मसान्तसम्म तीन अर्ब ६१ करोड ७२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ अर्ब ४६ करोड रुपैयाँ सञ्चित छ।