Below Menu

सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकममा सुधार 

सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकममा सुधार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.३७ अंकले घटेर २६४३.८३ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ८.८१ अंकले बढेर २६५१.२१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १७१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब २७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज एग्रिकल्चरल बण्डको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७० करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सुपर खुदी हाइड्रोपावर कम्पनीको शेयरमूल्य १२.८३ प्रतिशतले घटेको छ ।