Below Menu

प्रतितोला तीन हजार ६०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य पनि आकासियो 

प्रतितोला तीन हजार ६०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य पनि आकासियो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ६६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ६६० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार