Below Menu

सिवाईसी नेपाल लघुवित्तको सातौं वार्षिक साधारणसभा सम्पन्न

सिवाईसी नेपाल लघुवित्तको सातौं वार्षिक साधारणसभा सम्पन्न

पोखरा : सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सातौं वार्षिक साधारणसभा साउन ३० गते पोखरा न्युरोडस्थित दिपसागर होटल रेष्टुरेन्ट एण्ड बार प्रालिको सभाहलमा सम्पन्न भएको हो ।

साधारणसभाको अध्यक्षता संस्थाका सञ्चालक समितिका सदस्य प्रा.डा. तरुण पौडेलले गरेका थिए भने कार्यक्रम सञ्चालन प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव राधेश्याम श्रेष्ठले गरेका थिए । 

कार्यक्रममा सञ्चालक लक्ष्मण खड्का क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालक राजेन्द्र रेग्मीले सभामा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । संस्थाका मुख्य प्रवद्र्धक तथा चारतारे युवा क्लव (सिवाईसी), नेपालका अध्यक्ष तथा समाजसेवी चण्डी प्रसाद शर्मा प्रमुख अतिथिका रूपमा सहभागी थ्एि । 

ुसाधारणसभाले सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन, आ.व. २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । साथै, लेखापरीक्षक नियुक्ति, सञ्चालक समिति एवम् अन्य उपसमितिहरुको भत्ता तथा खर्चहरु अनुमोदन गर्नुका साथै सञ्चालक समितिले नियुक्त गरेको सञ्चालकको नियुक्तीलाई अनुमोदन समेत गरेको छ । 

उपयुक्त लघुवित्त वित्तीय संस्थाहरूलाई गाभ्ने÷गाभिने, प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका छन् ।

हाल संस्थाले देशका ७७ जिल्लामा १२४ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थामा १ लाख २६ हजार २८२ सदस्य तथा ४२ हजार २३५ ऋणी सदस्य रहेका छन् । संस्थाको लगानीमा रहेको कर्जा रु. ६ अर्ब ७८ करोड ९३ हजार तथा निक्षेप परिचालन रु. २ अर्ब ९८ करोड ४० लाख ४५ हजार रहेको संस्थाले जनाएको छ ।

साधारणसभामा शेयरधनीहरू केदार काफ्ले, नरेश के.सी., इन्द्रराज पौडेल, नगेन्द्र शर्मा, सोमनाथ ढुंगाना, शेरबहादुर के.सी, डोलराज के.सी., डोलराज ढुंगाना, दिपेन थापा, विद्या श्रेष्ठ, आनन्दराज सिलवाललगायतले संस्थाको वार्षिक प्रतिवेदन तथा समसामयिक विषयमा टिप्पणी, सुझाव तथा जिज्ञासा राख्नुभएको थियो । 

शेयरधनीहरूबाट प्राप्त सुझाव तथा जिज्ञासाका सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव राधेश्याम श्रेष्ठ, सर्वसाधारण सञ्चालक सुमन घर्ती क्षेत्री, स्वतन्त्र सञ्चालक दिलीप पौडेलले समाधान प्रस्तुत गरेका थिए । 

सो अवसरमा संस्थागत सुधार, सुशासन तथा आगामी कार्यदिशाका विषयमा प्रतिबद्धता व्यक्त गर्दै मर्जर तथा प्राप्तिबाट संस्थामा आबद्ध हुने लगानीकर्ताबीच कुनै किसिमको असमझदारी कायम हुन नदिई सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

त्यसैगरी, शेयरधनीबाट प्राप्त सुझाव तथा गुनासाहरूलाई सम्बोधन गर्दै संस्थाको सेवा तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने र नेपाल राष्ट्र बैंकबाट प्राप्त निर्देशनहरू अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठले जानकारी दिए । 

थप समाचार