एनएमबि क्यापिटलका तीन म्युचुअल फण्डद्वारा लाभांश घोषणा  

एनएमबि क्यापिटलका तीन म्युचुअल फण्डद्वारा लाभांश घोषणा  

काठमाडौं : एनएमबि बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीनवटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्।

Sponsored Advertisement

एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ र एनएमबि हाइब्रिड फण्ड एल-२ का इकाईधनीलाई नगद लाभांश वितरण गर्ने घोषणा गरिएको हो ।

एनएमबि फिफ्टीका इकाईधनीले ३.१५ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ का इकाईधनीले १० प्रतिशत तथा एनएमबि हाइब्रिड फण्ड एल-२ का इकाईधनीले ४.५ प्रतिशत (करसहित) नगद लाभांश पाउनेछन्।

एनएमबि क्यापिटलको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरण प्रयोजनका लागि भदौ ८ गते सोमबार एक दिनका लागि बुकक्लोज गर्ने निर्णयसमेत गरिएको छ। त्यसअनुसार भदौ ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीहरू उक्त लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

 

थप समाचार