काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.२५ अंकले घटेर २६४१.५८ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से ७.३७ अंकले घटेर २६४३.८३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ७२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा पाँच अर्ब ५२ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा चार अर्ब २७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज रिलायन्स स्पिनिङ मिल्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज एक अर्ब ३८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सर्वोत्तम पेन्टस् इन्डष्ट्रिज कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.६३ प्रतिशतले घटेको छ ।