Below Menu

सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं : सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित सिद्धार्थ म्युचुअल फण्डअन्तर्गतका दुई बन्दमुखी योजनाका इकाईधनीनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

क्यापिटलको भदौ १ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-२ का इकाईधनीलाई ८ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-३ का इकाईधनीलाई १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

यी योजनाहरूको लेखापरीक्षण कार्य सम्पन्न भएपछि लाभांश घोषणा गरिएको क्यापिटलले जनाएको छ। यसैगरी, क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इक्विटी फण्ड-२ का इकाईधनीलाई भने यस वर्ष कुनै लाभांश वितरण नगर्ने निर्णय भएको छ।

सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत विभिन्न बन्दमुखी योजनाहरू सञ्चालन गर्दै आएको छ।

थप समाचार