रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम ५ अर्बमा समेटियो 

रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम ५ अर्बमा समेटियो 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.२५ अंकले घटेर २६४१.५८ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २.२५ अंकले घटेर २६४१.५८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ५७ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा पाँच अर्ब ७ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा चार अर्ब २७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज एग्रिकल्चरल बन्डको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा सर्वोत्तम पेन्टस् इन्डष्ट्रिज कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य १०.६३ प्रतिशतले घटेको छ ।  

थप समाचार