काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले कम्पनीको ९.५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ९.५ प्रतिशत बोनसपछिको तीन लाख चार हजार ६८१ दशमलव १०७२ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।