Below Menu

एकैदिन तोलामा नौ हजार ३०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य पनि आकासियो 

एकैदिन तोलामा नौ हजार ३०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य पनि आकासियो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौ हजार ३०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २६० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख चार हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार