Below Menu

नयाँ अलैँचीले बजार पाएसँगै किसान उत्साहित, ताप्लेजुङमा प्रतिमन ९६ हजार पुग्यो

नयाँ अलैँचीले बजार पाएसँगै किसान उत्साहित, ताप्लेजुङमा प्रतिमन ९६ हजार पुग्यो

ताप्लेजुङ : कालो सुनको उपनामले परिचित अलैँची यस वर्ष पनि बजार मूल्य कामय रहेको छ । नयाँ अलैंची निस्कन थालेसंगै राम्रो बजार मूल्य पाउन थालको छ । बिहीबार ९आज० ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा प्रतिमन ९४० किलोग्राम० ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अलैंचीको बजार मूल्य राम्रो भएसंगै किसानहरु उत्साहित भएर अलैँची बगानमा बस्न थालेका छन् । बेँसी क्षेत्रका किसानहरुले अहिले अलैँची बगाउन व्यस्त हुन थालेका छन् । बगानमा अलैँची टिप्न समय भएसंगै अहिले किसानहरु बगानमा व्यस्त हुन थालेको फुङ्लिङ नगरपालिका-९ का किसान सुवास भण्डारीले बताए । 

ताप्लेजुङमा साउन तेस्रो सतादेखि मंसिरसम्म अलैँची टिपाई हुन्छ । दुई वर्ष यता बजार मूल्य समेत राम्रो भएकाले किसानहरु उत्साहित भएर अलैँची टिप्नमा व्यस्त हुन थालको मैवाखोला गउँपालिकाका किसान सूर्य लिम्बूले बताए ।

बेँसीदेखि बिस्तारै लेकाली क्षेत्रमा टिपाई सर्दै जाने गर्दछ । ताप्लेजुङका मैवाखोला क्षेत्रका खाते क्षेत्र फुङ्लिङ नगरपालिका हाङदेवा, आठराई त्रिवेणी गाउँपालिका चाँगेको बेँसी क्षेत्रमा अलैँची टिपाई थालेका छन् । 

अलैँची टिपाईसंगै अलैँची बगानमै छोढाउँने भट्टीमा सुकाउँन कार्य हुन्छ । अलैँची ताप्लेजुङको प्रमुख नगदेबालीको रुपमा रहेको छ । अन्तर्राष्ट्रिय बजारका आधारमा नेपाली बजारमा अलैँचीको कारोबार हुने भएकाले मूल्य घटबढ भइरहने पनि स्थानीय व्यवसायी बताउँछन् ।  

जिल्लाका नौ स्थानीय तहमध्ये फक्ताङलुङ–७ को ओलाङचुङगोलाबाहेक सबै वडामा किसानले अलैँची खेती गर्दै आएका छन् । हाल करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती भइरहेको छ । 

तथ्यांक अनुसार कोशी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा किसानले अलैँची खेती गर्दै आएका छन् । नेपालमा उत्पादित अलैंचीको ९० प्रतिशत निर्यात हुने गरेको छ । नेपालबाट भारत पुगेको अलैंची त्यहाँबाट ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने गरेको छ । 

थप समाचार