काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ०.२६ अंकले घटेर २६२२.२२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १३२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा चार अर्ब ४० करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब २९ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एग्रिकल्चर बण्डको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ । आज कुमारी धनवृद्धि योजनाको शेयरमूल्य ९.७७ प्रतिशतले घटेको छ ।