बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडरमा डा. सरिशा श्रेष्ठ

बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडरमा डा. सरिशा श्रेष्ठ

काठमाडौं : फिसटेल डेरी प्रालि. अन्तर्गतको प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले मिस नेपाल अर्थ २०२२ डा. सरिशा श्रेष्ठलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। यससँगै बेनेभिसले आफ्नो ब्रान्ड प्रवर्द्धन र उपभोक्ता संलग्नतालाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

Sponsored Advertisement

बेनेभिस र डा. श्रेष्ठबीच भएको ब्रान्ड एम्बेसडर सम्झौतामा डा. सरिशा श्रेष्ठ र बेनेभिस आइसक्रिमका वरिष्ठ ब्रान्ड अधिकृत नारायण प्रधानले हस्ताक्षर गरेका छन्।

चिकित्सक, टेलिभिजन प्रस्तोता तथा सौन्दर्य प्रतियोगिताकी विजेता डा. श्रेष्ठले आफ्नो व्यावसायिक दक्षता, प्रभावकारी सञ्चार क्षमता र बहुआयामिक व्यक्तित्वका कारण नेपाली युवामाझ छुट्टै पहिचान बनाएकी छन्।

डा. श्रेष्ठले मिस अर्थ २०२२ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा वातावरणीय सचेतना तथा वातावरणसम्बन्धी सञ्चारमा सक्रिय भूमिका निर्वाह गरेकी उनले एसिया तथा ओसियाना क्षेत्रको ‘बेस्ट इको–भिडियो अवार्ड’ समेत प्राप्त गरेकी थिइन्।

बेनेभिसका वरिष्ठ ब्रान्ड अधिकृत नारायण प्रधानले डा. श्रेष्ठको उपलब्धि, व्यक्तित्व र सकारात्मक सार्वजनिक छवि ब्रान्डको मूल्यसँग मेल खाने बताए। उनका अनुसार चिकित्सक, टेलिभिजन प्रस्तोता तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेको व्यक्तित्वसँगको सहकार्यले बेनेभिसको ब्रान्ड पहिचानलाई थप बलियो बनाउनेछ।

ब्रान्ड एम्बेसडरका रूपमा डा. श्रेष्ठले सम्झौताको अवधिभर बेनेभिसका विभिन्न ब्रान्ड अभियान, फोटोसुट, डिजिटल सामग्री, प्रवर्द्धनात्मक गतिविधि तथा उपभोक्ता संलग्नता कार्यक्रमहरूमा सहभागिता जनाउनेछिन्।

डा. श्रेष्ठले पनि स्वाद, गुणस्तर र खुसीका क्षणहरू सिर्जना गर्न केन्द्रित नेपाली ब्रान्डसँग जोडिन पाउँदा उत्साहित भएको बताएकी छन्। उनले आगामी दिनमा बेनेभिससँग मिलेर नयाँ तथा आकर्षक अभियान र अनुभव सिर्जना गर्ने अपेक्षा व्यक्त गरेकी छन्।

बेनेभिस आइसक्रिमले गुणस्तरीय उत्पादन, सिर्जनशील मार्केटिङ तथा उपभोक्तामैत्री गतिविधिमार्फत आफ्नो बजार उपस्थिति विस्तार गर्दै आएको छ। डा. श्रेष्ठसँगको सहकार्यले ब्रान्डलाई युवा पुस्तासँग थप नजिक पुर्‍याउने अपेक्षा गरिएको छ।

थप समाचार