सहकारीको कालोसूचीमा रहेका व्यक्ति विमानस्थलबाट पक्राउ

सहकारीको कालोसूचीमा रहेका व्यक्ति विमानस्थलबाट पक्राउ

प्रहरीका अनुसार विमानस्थलमा गरिएको नियमित जाँचबुझका क्रममा रावल समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेको खुलेपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको थियो। पक्राउपछि प्रहरीले घटनासँग सम्बन्धित विवरण संकलन गरिरहेको जनाएको छ। समस्याग्रस्त सहकारीसँग सम्बन्धित व्यक्तिहरूको वित्तीय तथा कानुनी अवस्थामाथि राज्यका निकायले निगरानी बढाइरहेका बेला रावल विमानस्थलबाट पक्राउ परेका हुन्।

Sponsored Advertisement

काठमाडौं । समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका एक व्यक्ति विमानस्थलबाट पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले राकेशकुमार रावललाई बिहीबार बिहान पक्राउ गरेको हो ।  प्रहरीका अनुसार, उनी नेपाल एयरलाइन्समार्फत विदेश जाने तयारीमा थिए । सो क्रममा गरिएको जाँचबुझका क्रममा उनी समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । 

उनीबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।