Below Menu

सुनको मूल्य तोलामा ३३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य तोलामा ३३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ३०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १३० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ९८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार