काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अंकले घटेकोे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.६७ अंकले घटेर २६१८.७२ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ७.१७ अंकले बढेर २६२९.४० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ७० कम्पनीको शेयरमूल्य बढेको छ । भने १९८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब १६ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब ४० करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज रिलायन्स स्पिनिङ मिल्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ । आज धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.२६ प्रतिशतले घटेको छ ।