काठमाडौं : आशुतोष इनर्जी लिमिटेडले भदौ २७ गते नर्वौँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्तावसहित साधारणसभा गर्नेनिर्णय गरेको हो ।
उक्त सभा होटल हिमालय ललितपुरमा दिउँसो ४ बजे शुरु हुने छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने, लेखापरीक्षक प्रतिवेदनसहित वित्तीय विवरणमा छलफल गर्ने र चालु आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्ने छ ।
यसका साथै सभाले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित १८.९४७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।