काठमाडौं : भृकुटीमण्डपमा जारी १८ औँ संस्करणको नाडा अटो शो माशनिबार अवलोकनकर्ताको भीड उल्लेख्य रूपमा बढेको छ।
आयोजककाअनुसार शनिबार मात्रै करिब ३५ हजारले अटो शोको अवलोकन गरेका छन्। मंगलबारदेखि सुरु भएको अटो शोको पहिलो दिन नै करिब ३० हजारलेअवलोकन गरेका थिए।
तर, बुधबार भोटेकोशी क्षेत्रमा आएको बाढी तथात्यसबाट उत्पन्न परिस्थितिका कारण अटो शोमा अवलोकनकर्ताकोचहलपहल केही घटेको थियो।
शुक्रबारदेखि भने पुनः अवलोकनकर्ताको संख्या बढ्न थालेको र शनिबारउत्साहजनक भीड देखिएको आयोजक संस्था नाडा अटोमोवाइलएसोसिएसन अफ नेपालले जनाएको छ ।
शनिबार सार्वजनिक बिदा भएकाले बिहानैदेखि नयाँ सवारी खरिद गर्नेयोजनामा रहेका ग्राहकहरूको बाक्लो उपस्थिति देखिएको थियो। विशेषगरीनयाँ विद्युतीय कार, मोटरसाइकल तथा स्कुटरका स्टलमा अवलोकनकर्ताकोबढी चाप देखिएको थियो।
यस वर्षको नाडा अटो शोमा नयाँ मोडल र नयाँ ब्रान्डको प्रवेशले पनिअवलोकनकर्ताको आकर्षण बढाएको छ। करिब दुई दर्जन नयाँ मोडलसार्वजनिक भएका छन् भने नाडा अटो शोमार्फत आधा दर्जनजति नयाँअटोमोबाइल ब्रान्डले नेपाली बजारमा आफ्नो उपस्थिति जनाएका छन्। चारपांग्रे सवारीतर्फ ईभीमा विशेष आकर्षण देखिएको छ।
नामी भिगो, नामीबक्स, नयाँ नेक्सन, पन्च ईभी, बीवाईडी एटो २, जेको जेफाइभ, चेरी क्यू, एक्सियन, आर्कफक्स टी–वान, ओरा फाइभ, लीपमोटर बी०३ र प्रोटोनइमास फाइभलगायतका नयाँ मोडलका स्टलमा अवलोकनकर्ताको बाक्लोभीड देखिएको छ। ईभीको बढ्दो आकर्षणका बीच पेट्रोल सवारीसाधनप्रति पनि ग्राहककोचासो कायमै देखिएको छ।
नयाँ सुजुकी ब्रेजा, जिम्नी र अल न्यू हुन्डाईभेन्यूलगायतका पेट्रोल गाडीमा पनि ग्राहकले चासोपूर्वक जानकारीलिइरहेका छन्। दुईपांग्रे सवारीतर्फ नेपालमै उत्पादन भएको यात्री पी, यामाहा एक्सएसआर१५५, यामाहा आर १५, यामाहा फासिनो, अप्रिलिया एसआर १७६ तथाएक्सट्रीम २५० आरलगायत नयाँ मोडल हेर्न र बुझ्न चाहनेको भीड देखिएकोछ। हाइब्रिड सवारीतर्फ बीएआईसी बीजे३०ई, एमहिरो वान र बीवाईडीशार्कप्रति पनि अवलोकनकर्ताको चासो देखिएको छ।
यसपटकको अटो शोमा २३ वटा प्यासेन्जर कार, १७ वटा लाइट कमर्सियलभेहिकल र १३ वटा दुईपांग्रे ब्रान्डसहित ५३ वटा सवारी ब्रान्ड सहभागी छन्।त्यस्तै, अटो पार्टपुर्जा, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज, बैंक तथावित्तीय संस्था र बीमा कम्पनीसहित २०० भन्दा बढी स्टल राखिएका छन्।
नयाँ मोडलसँगै कम्पनीहरूले ल्याएका आकर्षक छुट, बुकिङ योजना तथावित्तीय सुविधाले पनि ग्राहकलाई अटो शोमै सवारी खरिद गर्ने वातावरणबनाएको छ। विशेषगरी ३० देखि ५० लाख रुपैयाँ मूल्य समूहका कार, नयाँमोटरसाइकल तथा स्कुटरमा ग्राहकको चासो बढी देखिएको छ। भदौ १४ गतेसम्म सञ्चालन हुने भएकाले अन्तिम दिनसम्म अवलोकनकर्ताकोसंख्या अझ बढ्ने आयोजकको अपेक्षा छ।
अटोमोबाइल व्यवसायमा आएको सुस्तताका बीच आयोजना भएको यसवर्षको नाडा अटो शोमा शनिबार देखिएको उत्साहले नेपाली अटो बजारमाग्राहकको रुचि अझै बलियो रहेको संकेत गरेको व्यवसायीहरूको भनाइ छ।