काठमाडौं : देशकै ठूला सहकारी संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, झापाको आसन्न निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ।
१ लाख ९८ हजार ९ सय ८ सदस्य रहेको सहारा नेपालको निर्वाचनमा भरतकुमार गिरी, उपेन्द्रप्रसाद ओली र छविलाल खतिवडाको नेतृत्वमा तीनवटा प्यानल मैदानमा उत्रिएका छन्।
झापाको बिर्तामोड-२, चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपालको निर्वाचन असोज १० गते हुँदैछ । निर्वाचनमा १ लाख ९८ हजार ९ सय ८ सदस्य सहभागी हुने छन् । मतदानका लागि १ सय ४७ बुथ निर्धारण गरिएको छ ।
निर्वाचन नजिकिएसँगै तीनै प्यानलले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्। सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका उम्मेदवारसहित तीनवटै प्यानलले आफ्ना पक्षमा मत माग्दै सदस्यसँग भेटघाट तथा प्रचारप्रसारलाई व्यापक बनाएका छन्।
उपेन्द्रप्रसाद ओली नेतृत्वको प्यानल
उपेन्द्रप्रसाद ओलीको नेतृत्वमा रहेको प्यानलमा बरिष्ठ उपाध्यक्षमा टेकनाथ खनाल (टंक), महिला उपाध्यक्षमा हरिमाया सिग्देल र कोषाध्यक्षमा भीमबहादुर गिरी रहेका छन् । सदस्यमा रमेश काफ्ले, भगीरथ लुइटेल, प्रेमप्रसाद अधिकारी, प्रमिला तिम्सिना र हिमादेवी प्रसाई रहेका छन् ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा शंकर सुवेदी तथा सदस्यमा टीकाराम उप्रेती र भुवन कडेँल रहेका छन् ।
छविलाल खतिवडा नेतृत्वको प्यानल
छविलाल खतिवडाको नेतृत्वमा रहेको प्यानलमा बरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर नेपाल, महिला उपाध्यक्षमा पार्वता भारती गिरी र कोषाध्यक्षमा लक्ष्ष्मीप्रसाद आचार्य रहेका छन् । सदस्यमा नारायणप्रसाद गिरी, मदनराज कटुवाल, रमेश सेडाई, शिखा खड्कार राधिका चुडाल रहेका छन् ।
त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा डम्बरबहादुर देउजा तथा सदस्यमा बबिता घिमिरे र सुनिल कार्की रहेका छन् ।
भरतकुमार गिरी नेतृत्वको प्यानल
भरतकुमार गिरीको नेतृत्वमा रहेको प्यानलमा बरिष्ठ उपाध्यक्षमा ज्ञानुनाथ मैनाली, महिला उपाध्यक्षमा खिनमाया बस्नेत (सिता) र कोषाध्यक्षमा भोला धिताल रहेका छन् । सदस्यमा तीर्थराज सिग्देल, लालबहादुर गिरी, सुजन खरेल, तारा भट्टराई र रेनुका उप्रेती मैनाली रहेका छन् ।
त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा शंकर सुवेदी तथा सदस्यमा नीरजकुमार ओली र शुक्रबहादुर तामाङ रहेका छन् ।