संकल्प साकोसको भल्ट फोडेर २१ लाख ६१ हजार चोरी

संकल्प साकोसको भल्ट फोडेर २१ लाख ६१ हजार चोरी

चन्द्रनिगाहपुर (रौतहट) : चन्द्रनिगाहपुरस्थित संकल्प बचत तथा ऋण सहकारी संस्था (साकोस) को कार्यालयमा आइतबार चोरी भएको छ। चोरले संस्थाको भल्ट फोडेर २१ लाख ६१ हजार ५३४ रुपैयाँ नगद चोरी गरेको संस्थाले जनाएको छ।

चोरीका क्रममा कार्यालयमा जडान गरिएको सीसीटीभी क्यामेराको डीभीआर/रेकर्डिङ डिभाइससमेत चोरी भएको छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलको स्थलगत निरीक्षण गर्नुका साथै आवश्यक मुचुल्का तयार गरेको छ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। चोरीमा संलग्न व्यक्तिको पहिचान तथा चोरी भएको नगद रकम र अन्य सामग्रीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

थप समाचार