काठमाडौं : रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले हुन आउने करसहित ५७ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २२ गते ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा अनुपम फुड ल्याण्ड एण्ड बैंक्वेट, बत्तीसपुतली, काठमाडौँमा बिहान ९ बजे सुरु हुनेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १४ गते एक दिनका लागि शेयर दर्ता किताब बन्द गर्ने भएको छ । जसअनुसार असोज १३ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साभारणसभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।