भक्तपुर : मध्यपुर थिमिस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरूका लागि वार्षिक ४.९९ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ। संस्थाले ‘समृद्धिको लागि लगानी’ भन्ने अवधारणासहित विभिन्न आवश्यकता तथा क्षेत्रमा सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराउने जनाएको छ।
संस्थाले सार्वजनिक गरेको जानकारीअनुसार उद्यमशीलता तथा उत्पादन, कृषि तथा पशुपालन, व्यापार व्यवसाय, वैदेशिक शिक्षा तथा रोजगारी, घर निर्माण वा घर खरिद लगायतका प्रयोजनका लागि ऋण लिन सकिने व्यवस्था गरिएको छ। लगानी तथा बचतसँग सम्बन्धित आवश्यकताका लागि समेत सदस्यहरूलाई वित्तीय सेवा उपलब्ध गराउने संस्थाले जनाएको छ।
संस्थाले नयाँ उद्यम वा व्यवसाय सुरु गर्न चाहने, सञ्चालनमा रहेको व्यवसाय विस्तार गर्न खोज्ने तथा कृषि क्षेत्रमा लगानी बढाउन चाहने सदस्यलाई लक्षित गर्दै ऋण सुविधा अघि सारेको संस्थाका व्यवस्थापक सुजेन्द्र श्रेष्ठले बताए। त्यस्तै, छोराछोरीको वैदेशिक शिक्षा वा रोजगारीका लागि आवश्यक रकम तथा घर निर्माण वा खरिदका लागि पनि ऋण सुविधा उपयोग गर्न सकिने उनले बताए।
सामुदायमा आधारित सदस्यमैत्री संस्थाले आफूलाई सदस्यको आर्थिक तथा सामाजिक समृद्धिमा सहयोग पुर्याउने उद्देश्यसहित वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।