काठमाडौं : विश्वकै प्रमुख एआई चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सन हुआङले कम्पनीको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० र सञ्चालक समितिको सदस्य पदबाट राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिले बिहीबार हुआङको राजीनामा तत्काल लागू हुने गरी स्वीकृत गरेको हो ।
हुआङको राजीनामापछि कम्पनीकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत ९सीएफओ० कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको छ । एनभिडियाको सञ्चालक समितिका अनुसार क्रेसले स्थायी सीईओ नियुक्त नभएसम्म अन्तरिम नेतृत्व सम्हाल्नेछिन् । उनले अन्तरिम सीईओको जिम्मेवारीसँगै सीएफओ पदसमेत कायम राख्नेछिन् । कम्पनीले स्थायी सीईओ नियुक्तिका लागि आन्तरिक तथा बाह्य उम्मेदवारको खोजी सुरु गर्ने जनाएको छ ।
क्रेस सन् २०१३ देखि एनभिडियाको कार्यकारी उपाध्यक्ष तथा सीएफओका रूपमा कार्यरत छिन् । कम्पनीको वित्तीय व्यवस्थापन र व्यावसायिक विस्तारमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् । यसअघि उनले सिस्को र माइक्रोसफ्टजस्ता प्रविधि कम्पनीमा वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ ।
हुआङले सन् १९९३ मा एनभिडिया स्थापना गरेका थिए । उनको नेतृत्वमा कम्पनी ग्राफिक्स प्रोसेसिङ युनिट ९जीपीयू० उत्पादनबाट कृत्रिम बौद्धिकता ९एआई० प्रविधिका लागि आवश्यक चिपको विश्वकै प्रमुख आपूर्तिकर्तामध्ये एक बनेको थियो । एनभिडियाको सञ्चालक समितिले कम्पनी र प्रविधि उद्योगमा हुआङले पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद दिएको छ ।
यसैबीच, कम्पनीले हार्भे सी जोन्सलाई सञ्चालक समितिको पहिलो अध्यक्ष नियुक्त गरेको छ । उनी सन् १९९३ देखि एनभिडियाको सञ्चालक समितिमा आबद्ध छन् । हुआङको बहिर्गमनसँगै विश्व एआई उद्योगको प्रमुख कम्पनीमध्ये एक एनभिडियाको नेतृत्वमा परिवर्तन आएको छ ।
कम्पनीले भने नेतृत्व परिवर्तन भए पनि सञ्चालन, ग्राहकप्रतिको प्रतिबद्धता र प्रविधि विकासको योजनामा निरन्तरता रहने जनाएको छ । दुई महिलासँग विवाहबाहिरको सम्बन्ध रहेको समाचार सार्वजनिक भएपछि हुआङको व्यक्तिगत आचरण र कम्पनीको नेतृत्वमाथि थप प्रश्न उठेको थियो ।
यसैबिच अर्को एक कर्मचारीसँग पनि उनको अन्तरंग सम्बन्ध रहेको खुलासा भएको छ । रोयटर्सका अनुसार यस विषयमा जानकार दुई व्यक्तिले हुआङको कम्पनीकै अर्की एक कर्मचारीसँग पनि सम्बन्ध रहेको बताएका छन् । यसअघि द वाल स्ट्रिट जर्नल र द न्युयोर्क टाइम्स ले हुआङको अन्य महिलासँगको कथित सम्बन्धबारे समाचार प्रकाशित गरेका थिए ।
यसअघि सार्वजनिक भएका विवरणमा हुआङको सम्बन्ध एनभिडियाकी उपाध्यक्ष किम्बर्ली पावेल र चिनियाँ व्यवसायी एलिस हुआङसँग रहेको दाबी गरिएको थियो । सीसीटीभी र एएनआईको सहयोगमा