काठमाडौं : तिहार सकिए लगत्तै नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (आज) सुनको मूल्य प्रतितोला १२ हजार छ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला तीन हजार ७०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
तिहारअघिको अन्तिम कारोबार दिन कात्तिक २३ गते छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।