काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल ल्युब आयल लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले कम्पनीको २० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको २० प्रतिशत बोनसपछिको एक लाख २५ हजार ७२५ दशलमव ३६ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।