वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जीवन बीमा कम्पनीहरुको व्यापार दुई खर्बमाथि, नेपाल लाइफले मात्रै उठायो साढे ५३ अर्ब बीमाशुल्क 
जीवन बीमा कम्पनीहरुको व्यापार दुई खर्बमाथि, नेपाल लाइफले मात्रै उठायो साढे ५३ अर्ब बीमाशुल्क 

काठमाडौं : जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा दुई खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असार मसान्तसम्म कम्पनीहरुले दुई खर्ब एक करोड ९१ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १८ लाख ५० हजार ३९१ बीमालेख जारी गरी उक्त...

सहकारी र सरकारी प्रयासमा लम्कीमा एक करोड ४१ लाखको बिउ प्रशोधन उद्योग सञ्चालनमा 
सहकारी र सरकारी प्रयासमा लम्कीमा एक करोड ४१ लाखको बिउ प्रशोधन उद्योग सञ्चालनमा 

कैलाली : कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले बिउ प्रशोधन तथा भण्डारण उद्योग सञ्चालनमा ल्याएको छ । बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले लम्कीचुहा नगरपालिका वडा नं. ४ मा नवनिर्मित उद्योगको भवन एक विशेष समारोहका बिच औपचारिक उद्घाटन...

पल्सरको २५ वर्षे यात्रा : कथा सुनाएरै नयाँ मोटरसाइकल जित्ने मौका !
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाएरै नयाँ मोटरसाइकल जित्ने मौका !

काठमाडौं : पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले #MyPulsarStory नामक विश्वव्यापी अभियान सुरु गरेको छ। यस अभियानमार्फत विश्वभरका राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकहरूलाई पल्सरसँग जोडिएका आफ्ना वास्तविक र प्रेरणादायी अनुभवह...

भारतमा बीमा नभएको गाडीलाई इन्धन नदिने तयारी, सर्वोच्चद्वारा पाइलट प्रोजेक्ट लागू गर्न आदेश
भारतमा बीमा नभएको गाडीलाई इन्धन नदिने तयारी, सर्वोच्चद्वारा पाइलट प्रोजेक्ट लागू गर्न आदेश

नयाँ दिल्ली : भारतको सर्वोच्च अदालतले वैध तेस्रो-पक्ष बीमा नभएका सवारीसाधनलाई पेट्रोल वा डिजेल उपलब्ध नगराउने व्यवस्था लागू गर्न केन्द्र सरकारलाई पाइलट परियोजना तयार गर्न निर्देशन दिएको छ। अदालतले नयाँ सवारीसाधनका लागि अनिवार्य तेस्रो-पक्ष बीमाको अवधि पनि एक वर्षले बढाएको छ। न्यायाधीश संजय करोल र...

‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ‘भर्सन नेक्स्ट’ आई-सोलुसन प्रणालीको शुभारम्भ
‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ‘भर्सन नेक्स्ट’ आई-सोलुसन प्रणालीको शुभारम्भ

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान गर्दै ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न गरेको छ। काठमाडौंको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित कार्यक्रममा देशभरबाट एक हजारभन्दा बढी...

मोबिलिटीदेखि शिक्षासम्मका दर्जनौँ सेवा एउटै एपबाट फिरिरी
मोबिलिटीदेखि शिक्षासम्मका दर्जनौँ सेवा एउटै एपबाट फिरिरी

काठमाडौं : नेपालमै विकसित मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै ‘फिरिरी भेन्चर्स प्रालि’ ले यसलाई पूर्ण ‘अल–इन-वन’ इकोसिस्टमका रूपमा बजा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि नयाँ टेलिमेडिसिन पोर्टल ल्याइँदै
वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि नयाँ टेलिमेडिसिन पोर्टल ल्याइँदै

काठमाडौं : उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालयले विभिन्न सुधारका कार्यक्रम अघि बढाएको बताएका छन् । समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी छलफलका क्रमम...

१८ महिनादेखि अवरुद्ध गमगढी-नाक्च्या सडक सञ्चालनमा
१८ महिनादेखि अवरुद्ध गमगढी-नाक्च्या सडक सञ्चालनमा

मुगु : छायाँनाथ रारा नगरपालिकाको पहलमा गमगढी-नाक्च्या सडक खण्डअन्तर्गत अल्का साँगु मोटरेबल पक्की पुल क्षेत्रको सडक १८ महिनापछि पुनः सञ्चालनमा आएको छ । छायाँनाथ रारा नगरपालिका–१ स्थित उक्त सडक खण्ड मुआब्जा विवादका कारण लामो समयदेखि अवरुद्ध रहेको थियो । सडक डिभिजन कार्यालय जुम्लाले निर्म...

सामान्य अंकले बढ्यो शेयर बजार, चार अर्ब ४० करोडमा समेटियो कारोबार 
सामान्य अंकले बढ्यो शेयर बजार, चार अर्ब ४० करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.७९ अंकले बढेर २६६७.९७ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २१.१५ अंकले घटेर २६६३.१८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १२२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४३ कम...

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता
समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका १४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति  सहकारीका २८ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप...

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त

काठमाडौं : नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।  परिषद्को अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये...

किसान सहकारीद्वारा बिउ प्रशोधन तथा भण्डारण गृह सञ्चालन
किसान सहकारीद्वारा बिउ प्रशोधन तथा भण्डारण गृह सञ्चालन

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा निर्माण ग...

लगानी बोर्डको सीईओमा यांकी उक्याबलाई नियुक्त गर्ने सरकारको निर्णय 
लगानी बोर्डको सीईओमा यांकी उक्याबलाई नियुक्त गर्ने सरकारको निर्णय 

काठमाडौं : सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अर्थशास्त्री याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई नियुक्त गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । लगानी बोर्डको सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले आठ जना...

हर्मुज जलमार्ग खुलाउन ट्रम्पको चेतावनी, वार्ताको आशाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो
हर्मुज जलमार्ग खुलाउन ट्रम्पको चेतावनी, वार्ताको आशाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग छिट्टै पुनः सञ्चालनमा नआए इरानले कडा प्रहार सामना गर्नुपर्ने चेतावनी दिएका छन्। यद्यपि, कूटनीतिक पहल सकारात्मक देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिरहेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनसार ट्रम्पले इरानसँग राम...

ग्यास अभाव हुन नदिन आयल निगमद्वारा क्विक रेस्पोन्स टिम गठन, हटलाइन सार्वजनिक
ग्यास अभाव हुन नदिन आयल निगमद्वारा क्विक रेस्पोन्स टिम गठन, हटलाइन सार्वजनिक

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा कुनै पनि हालतमा एलपीजी ग्यासको अभाव हुन नदिन कडा निर्देशन दिएपछि नेपाल आयल निगमले क्विक रेस्पोन्स टिम गठन गरेको छ। टिमले आजदेखि नै आफ्नो कार्य औपचारिक रूपमा सुरु गरेको निगमले जनाएको छ। मन्त्री यादवको निर्देशनअनु...

आईएसपी बक्यौता विवाद : लचक बन्दै सरकार, किस्ताबन्दीको पर्खाइमा सेवा प्रदायक
आईएसपी बक्यौता विवाद : लचक बन्दै सरकार, किस्ताबन्दीको पर्खाइमा सेवा प्रदायक

काठमाडौं : सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसञ्चार सेवा शुल्क, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) वापतको बक्यौता असुलीको विषय टुंग्याउने तयारी थालेको छ ।  बक्यौता रकम, कर निर्धारण र लाइसेन्स नवीकरणसँग सम्बन्धित लामो समयदे...

स्थानीय अवरोध पन्छाउँदै सञ्चालनमा आयो घ्याम्पेसाल सबस्टेसन, १५ हजार घरधुरी लाभान्वित
स्थानीय अवरोध पन्छाउँदै सञ्चालनमा आयो घ्याम्पेसाल सबस्टेसन, १५ हजार घरधुरी लाभान्वित

काठमाडौं : गोरखाको भीमसेन थापा गाउँपालिकास्थित घ्याम्पेसालमा निर्माण सम्पन्न भएको ३३/११ केभी सबस्टेसन सफलतापूर्वक चार्ज भएको छ । लामो समयदेखि स्थानीय अवरोध तथा ‘राइट अफ वे’ सम्बन्धी समस्याका कारण सञ्चालनमा आउन नसकेको उक्त सबस्टेसन सञ्चालनमा आएपछि उत्तरी गोरखाको विद्युत् आपूर्ति प...

माण्डु हाइड्रोपावरको नाफा पाँच गुणाले बढ्यो, एक वर्षमा बेच्यो साढे ७९ करोडको बिजुली
माण्डु हाइड्रोपावरको नाफा पाँच गुणाले बढ्यो, एक वर्षमा बेच्यो साढे ७९ करोडको बिजुली

काठमाडौं : माण्डु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ३१ करोड ८५ लाख ५१ रुपैयाँ नाफा कमाएको छ ।  उक्त नाफा गत आवको सोही अवधिको तुलानमा ४१४.७९ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले छ करोड १८ ल...

अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक 
अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ८५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले साउन २० गते निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम उठाउन लागेको हो । राष्ट्र बैंकका अनुसार यसका लागि मंगलबार दिउँसो ३ बजे बोलकबोल आयोजना गरिनेछ...

भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा, ९४ प्रतिशत काम सम्पन्न
भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा, ९४ प्रतिशत काम सम्पन्न

काठमाडौं : चितवनको भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिलाई थप सुरक्षित, भरपर्दो र दीर्घकालीन बनाउने लक्ष्यसहित अघि बढाइएका दुई महत्वपूर्ण ऊर्जा पूर्वाधार आयोजना निर्णायक चरणमा पुगेका छन् ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सक्रिय पहल, नेपाल विद्युत् प्राधिकरणको कार्या...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन महिला संघ नेपालका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन महिला संघ नेपालका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रोटरी क्लब अफ हिमालयन गल्फर्स सँगको सहकार्यमा श्रावण १७ गते नेत्रहीन महिला संघ नेपाल का विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। शिक्षा तथा सामाजिक उत्थानमा योगदान पुर्याउने...

एनएमबि बैंकको नाफा चार अर्बमाथि, वितरणयोग्य मुनाफा कति ? 
एनएमबि बैंकको नाफा चार अर्बमाथि, वितरणयोग्य मुनाफा कति ? 

काठमाडौं : एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले चार अर्ब एक करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  उक्त नाफा अघिल्लो वर्षकोको तुलनामा ४०.६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले दुई अर्ब ८५ करोड ४६ लाख...

Xiaomi introduces the New Xiaomi Watch S5 46mm Smartwatch
Xiaomi introduces the New Xiaomi Watch S5 46mm Smartwatch

Kathmandu : Global technology leader Xiaomi has unveiled the new Xiaomi Watch S5 46mm, featuring a premium design, long-lasting battery life, advanced health monitoring, and intelligent sports features. The new smartwatch comes with a 1.48-inch AMOLED display, offering a 480 × 480 resolutio...

सम्झौता उल्लंघन गरेको आरोपमा उद्योगलाई स्पष्टीकरण, पत्र बुझ्न नमानेपछि गेटमै टाँसियो
सम्झौता उल्लंघन गरेको आरोपमा उद्योगलाई स्पष्टीकरण, पत्र बुझ्न नमानेपछि गेटमै टाँसियो

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरूले सम्झौताअनुसार गतिविधि सञ्चालन गरे-नगरेको विषयमा निगरानी कडा बनाइएको छ । यसैक्रममा बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई औद्योगिक क्षेत...