वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल यथावत्
डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल यथावत्

काठमाडौं : डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर नयाँ मूल्यसूची प्राप्त भएको जनाउँदै निगमले मूल्य बढाएको हो । भारतबाट पेट्रोलमा प्रतिलिटर ०.३२ र डिजेल/मट्टितेलमा २.५४ र...

बाढी पहिरोको असर बीमामा: निर्जीवन बीमा कम्पनीको नाफा ८६% घट्यो, चारवटा नोक्सानीमा 
बाढी पहिरोको असर बीमामा: निर्जीवन बीमा कम्पनीको नाफा ८६% घट्यो, चारवटा नोक्सानीमा 

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको नाफामा भारी गिरावट देखिएको छ । असोज मसान्तसम्म आइपुग्दा कम्पनीहरुको नाफा गत वर्षको सोही अवधिमा तुलनामा ८६.०२ प्रतिशतले घटेको हो ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीहरुको नाफा १६ करोड ६५ लाख ८० हजार रुपै...

नेपाल बैंकको ८८ औं बार्षिकोत्सव सम्पन्न
नेपाल बैंकको ८८ औं बार्षिकोत्सव सम्पन्न

काठमाडौं : नेपाल बैंक लिमिटेडको ८८ औं बार्षिक शुक्रबार सम्पन्न भएको छ । बैंकको वार्षिकोत्सव कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले देशको कुनाकाप्चासम्म औपचारिक बैंकिङ क्रियाकलाप पुऱ्याउनुका साथै बैंक्रिडमार्फत रोजगारीको अवसर सृजना गर्दै देशको आर्थिक विकासलाई प्रवर्द्धन गर्न...

क्रसर व्यवसाय मुलुकको आर्थिक परिवर्तनको लागि अपरिहार्य छः सभापति खान
क्रसर व्यवसाय मुलुकको आर्थिक परिवर्तनको लागि अपरिहार्य छः सभापति खान

काठमाडौं : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खाँनले क्रसर व्यवसाय मुलुकको आर्थिक परिवर्तनको लागि अपरिहार्य रहेको बताएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको दसौँ तथा एघारौं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशनमा बोल्दै उनले वर्तमान...

पुँजी बजार सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगलाई लगानीकर्ताको २० बुँदे सुझाव 
पुँजी बजार सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगलाई लगानीकर्ताको २० बुँदे सुझाव 

काठमाडौं : नेपाल सरकार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगलाई लगानीकर्ताहरुले पुँजी बजार सुधारका लागि २० बुँदे माग पेश गरेका छन् । लगानीकर्ताहरुले शुक्रबार आयोगको कार्यालय लालितपुरमा पुगेर पुँजीबजार सुधारबारे बृहत छलफल गर्दै नेपाल इन्भेष्टर फोरम, शेयर लागनीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार...

‘बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि’
‘बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि’

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् । नेपालमा उत्पादित विद्युत् आजदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा बोेल्दै उनले भने, “दक्षिण एसियामा दिगो ऊर्जा भविष्यका लागि आजको दिन ऐति...

रवि लामिछानेलाई पुनः पोखरा ल्याइयो
रवि लामिछानेलाई पुनः पोखरा ल्याइयो

गण्डकी : सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवाबाट पोखरा ल्याइएको छ । बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई भैरहवामा बयान सकिएपछि आज पोखरा ल्याइएको हो । अन...

रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा
रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा

मुगु : रारा विमानस्थल ताल्चामा नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा परेका छन् । समिट एयर, तारा एयर, नेपाल एयरलाइन्स र सीता एयरले नियमित उडान नगरेपछि बिरामी, विद्यार्थी र अन्य कामले जिल्ला बाहिर जानुपर्ने स्थानीयहरू समस्यामा परेका हुन् । रारा विमानस्थलका प्रमुख श्रीकृष्ण रिजालका अनुस...

हेटौँडा सिमेन्ट उत्पादन गर्न अझै डेढमहिना लाग्ने
हेटौँडा सिमेन्ट उत्पादन गर्न अझै डेढमहिना लाग्ने

मकवानपुर : हेटौँडा सिमेन्ट उद्योगमा बिग्रिएका विभिन्न उपकरणको मर्मतसम्भार गर्ने कामा नसकिएकाले सिमेन्ट उत्पादन गर्न अझै डेढमहिना लाग्ने भएको छ । मर्मतमा आन्तरिक पक्षबाट ढिलाइ हुँदा सिमेन्ट पुनःउत्पादन गर्न अझै डेढमहिना लाग्ने उद्योग व्यवस्थापन कार्यालयले जनाएको छ । बिग्रिएका उपकरण मर्मत तालि...

जग्गा प्रशासनलाई सुदृढ नयाँ नापजाँचका लागि विश्व बैंकको सहयोग महत्वपूर्णः मन्त्री अधिकारी 
जग्गा प्रशासनलाई सुदृढ नयाँ नापजाँचका लागि विश्व बैंकको सहयोग महत्वपूर्णः मन्त्री अधिकारी 

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जग्गा प्रशासनलाई सुदृढ र मूलुकभरका जग्गाको नयाँ नापजाँचका लागि प्राविधिक सहयोग पुराउन विश्वबैकको सहयोग महत्वपूर्ण रहेको बताएका छन् । उनले लामो समयदेखि उत्पन्न नेपालको भूमिसंग सम्वन्धीत समस्या स्थायीरुपमा समाधान गर्न बर्तम...

जापानको आर्थिक वृद्धिदर सुस्त, प्रधानमन्त्री इशिबाद्वारा प्रोत्साहनको तयारी
जापानको आर्थिक वृद्धिदर सुस्त, प्रधानमन्त्री इशिबाद्वारा प्रोत्साहनको तयारी

टोकियो : जापानका प्रधानमन्त्री शिगेरु इशिबाले विश्वको चौथो ठूलो अर्थतन्त्रका रुपमा जापानले फड्को मार्ने प्रयास गरिरहेको बताइरहँदा तेस्रो त्रैमासिकमा मुलुकको आर्थिक वृद्धिदर सुस्त भएको सरकारी तथ्याङ्कले देखाएको छ । जापानमा दशकौँ यताकै सबैभन्दा भीषण आँधी र ‘महाभूकम्प’ को सरकारी चेत...

विद्युत व्यापारमा नयाँ फड्को, नेपालबाट पहिलोपटक बंगलादेश विद्युत् निर्यात सुरु
विद्युत व्यापारमा नयाँ फड्को, नेपालबाट पहिलोपटक बंगलादेश विद्युत् निर्यात सुरु

काठमाडौं : नेपालमा उत्पादित बिजुली भारतपछि आजदेखि बङ्गलादेशतर्फ निर्यात सुरु भएको छ । क्षेत्रीय विद्युत् व्यापारमा यो अर्को ऐतिहासिक परिघटना हो । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार...

विद्युत् निर्यातबाट आर्थिक समृद्धिमा योगदान पुग्ने अध्यक्ष दाहालको विश्वास
विद्युत् निर्यातबाट आर्थिक समृद्धिमा योगदान पुग्ने अध्यक्ष दाहालको विश्वास

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। पहिलो पटक नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात हुन थालेको खबर...

बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालबीच बीमाङ्कीय सम्झौता 
बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालबीच बीमाङ्कीय सम्झौता 

काठमाडौं : नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपाल (एएसएन) बीच बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मक ढङ्गले कार्य गर्ने सम्बन्धी समझदारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र (एएसएन) का अध्यक्ष प्रेक्षा माथेमाले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल,...

जीवन बीमा कम्पनीको नाफा करिब दुई अर्ब, सर्वाधिक नाफा बढाउनेमा सिटिजन लाइफ
जीवन बीमा कम्पनीको नाफा करिब दुई अर्ब, सर्वाधिक नाफा बढाउनेमा सिटिजन लाइफ

काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तीन महिनामा  करिब दुई अर्ब रुपैयाँ नाफा कमाएका छन् । हाल सञ्चालनमा रहेका १४ कम्पनीहरुले एक अर्ब ९२ करोड ४१ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.६२ प्रतिशतले बढी हो । गत वर्षको असोजसम्म...

नेको इन्स्योरेन्सले कमायाे ८ करोड ८० लाख नाफा
नेको इन्स्योरेन्सले कमायाे ८ करोड ८० लाख नाफा

काठमाडौं : नेको इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०८१/८२ को पहिलो त्रैमासम्मको अपिरष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा  ८ करोड ८० लाख नाफा आर्जन गरेको थियो भने चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म ७ करोड ४ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ जुन गत बर्षको...

माउन्टेन इनर्जीको नाफा बढेर ३० करोड ५३ लाख पुग्यो, ईपीएस ५३.९६ रुपैयाँ
माउन्टेन इनर्जीको नाफा बढेर ३० करोड ५३ लाख पुग्यो, ईपीएस ५३.९६ रुपैयाँ

काठमाडौं : माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १५.८६ प्रतिशतले बढेको छ। पहिलो त्रैमासको अवधिमा कम्पनीले ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष...

दूध सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै सहकारी
दूध सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै सहकारी

चितवन : जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले किसानबाट सङ्कलन गरेको दूध प्रशोधन र बजारीकरण गर्ने प्रक्रिया अघि बढाएको छ । लामो समयसम्म बजारीकरणको समस्या दूध बिक्रीबापत भुक्तानी दिन नसकेपछि सहकारीले सङ्कलित दूध प्रशोधन र बजारीकरणको योजना बनाएको हो । जिल्लाका एक सय १५ सहकारीमा दूध सङ्कलन हुने गर्...

लाइफ इन्स्योरेन्स कर्पोरेशनले मंसिर १२ गतेदेखि हकप्रद शेयर जारी गर्ने
लाइफ इन्स्योरेन्स कर्पोरेशनले मंसिर १२ गतेदेखि हकप्रद शेयर जारी गर्ने

काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआइसी) ले मंसिर १२ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा दुई अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।&...

सिटिजन लाइफको नाफा ८३ प्रतिशतले बढ्यो, बीमा कोषको आकार साढे १५ अर्ब 
सिटिजन लाइफको नाफा ८३ प्रतिशतले बढ्यो, बीमा कोषको आकार साढे १५ अर्ब 

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले १३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ८३.१६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम...

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने

काठमाडौं : कात्तिकः छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ ।   खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बिहीबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको खाद्य प्रविधि तथा ग...

मंसिरका लागि ११ बैंकहरुले घटाए ब्याजदर, आठ वटाको स्थिर 
मंसिरका लागि ११ बैंकहरुले घटाए ब्याजदर, आठ वटाको स्थिर 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार कात्तिक महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ ।  बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत कात्तिक महिनाको तुलनामा ११...

दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा
दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा

ढोरपाटन : जिल्लाको दुर्गम मानिने तमानखोला गाउँपालिका सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट सात सय ८६ जना लाभान्वित भएका छन् । तमानखोला गाउँपालिका र लायन्स क्लबको आयोजनामा सञ्चालित शिविरको पहिलो दिन बुधबार पाँच सय ४६ र दोस्रो दिन बिहीबार दुई सय ४० नागरिकले सेवा लिएका हुन् । सहभागी बिरामीमध्...

यस्तो छ आज सुनचाँदीको मूल्य
यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य  प्रतितोला एक सय रुपैयाँले बढेको  हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार एक सय रुपैयाँमा...