गोकर्ण फरेष्ट रिसोर्टले गर्यो ४५ करोड २० लाखको व्यापार, नाफा मार्जिनमा पनि उल्लेख्य सुधार
काठमाडौं : गोकर्ण फरेष्ट रिसोर्टले सन् २०२५ मा ४५ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.८७ प्रतिशतले बढी हो। इक्रा नेपालका अनुसार, कम्पनीको व्यापार सन् २०२४ मा ४१ करोड ९० लाख रुपैयाँ थियो।
यसअघि सन् २०२३ मा कारोबार ४२ करोड, सन् २०२२ मा ३३ करोड ९० लाख, र सन...