दुई अर्बको अग्राधिकार शेयर जारी गर्ने प्रस्तावसहित सिटिजन्स बैंकले बोलायो विशेष साधारणसभा
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले असार ३ गते बुधबार आठौं विशेष साधारणसभा बोलाएको छ। बैंकको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो ।
उक्त सभा सो दिन बिहान ९ बजे बैंकको दरबारमार्गस्थित आफ्नै मुख्य कार्य...