स्नो रिभर्सको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ? 

स्नो रिभर्सको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ? 

काठमाडौं : स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले गत बैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ मंगलबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो । 

Sponsored Advertisement

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका सात करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबरको सात लाख ७८ हजार १२५ कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीको आईपीओमा  २६ लाख १ हजार ८४८ जनाले आवेदन दिएका थिए । 

आवेदन दिएकामध्ये २५ लाख ५७ हजार ८५५ आवेदन सदर भएको छ भने बाँकी आवेदन रद्द भएका छन्। मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो । जसअनुसार ७७ हजार ८१२ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। 

बाँकी रहेको ५ कित्ता शेयर सोही लगानीकर्ताहरुमाझ बाँडफाँट गरिएको छ। जसअनुसार ५ जना लगानीकर्ताले भने थप एक कित्ता गरी कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

थप समाचार