Below Menu
Below Menu

टिकेन नेप्सेको वृद्धि, परिसूचक र कारोबार दुबै घट्यो     

टिकेन नेप्सेको वृद्धि, परिसूचक र कारोबार दुबै घट्यो     

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.२४ अंकले घटेर २७७७.१० बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २७.८५ अंकले बढेर २७८६.६५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ६९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ८५ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा पाँच अर्ब ९८ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४६ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा कालिञ्चोक हाइड्रोपावर रहेको छ । आज यी कम्पनीको शेयरमूल्य ९.२३ प्रतिशतले बढेको हो । आज एनआईसी सुपरखुदी हाइड्रोपावरको शेयरमूल्य ३.६० प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार