Below Menu
Below Menu

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य समायोजन 

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सले साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशनको ९.५० प्रतिशत बोनसपछिको शेयरमूल्य ५ हजार ४२४.५७ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ५ हजार ९३९.९० रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा बुधबार कम्पनीको शेयर कारोबार हुनेछ । 
 

Advertisment

थप समाचार