काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन प्रक्रिया सुरु भएको हो।
प्रत्यक्षतर्फ उम्मेदवारी दिन नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत...