काठमाडौं : जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले सदस्यसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । संस्थाले विस्तारीत मञ्च सदस्य शिक्षा अन्तरक्रियात्मक अन्र्तगत ‘सदस्यसँग जेष्ट आइडियोलोजी साकोस’ कार्यक्रम सम्पन्न गरेको हो।
हार्दीक होटल बागबजारमा सम्पन्न भएको कार्यक्रममा प्रधान कार्यालय न्यूरोडका १ सय ५० जना, मैतिदेवी सेवा केन्द्रका १ सय ५० जना र काँडाघारी सेवाकेन्द्रका १ सय जना गरी जम्मा ४ सय जना सदस्यहरुलाई उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा कलाकार सन्दीप क्षेत्रीले सहकारीको भूमिका, सदस्यहरुको जिम्मेवारी लगाएत वित्तिय क्षेत्रको विषयमा उत्प्रेरणामूलक प्रस्तुती गरेका थिए । विभिन्न पेशा, व्यवसाय र उद्यमहरु संचालन गरेका सदस्यहरुले संस्थाको वित्तिय अवस्था र हाल सस्थाले दिएको सेवाप्रति आफूहरु सन्तुष्ट रहेको बताए ।
संस्थाका अध्यक्ष हेमबहादुर कार्कीले संस्थाले सहकारी क्षेत्रमा विश्वसनियता कमाएको उल्लेख गर्दै सदस्यहरुसंग सदैव पारिवारीक सम्बन्ध कायम गरेको जनाए । उनले संस्थाले स्थापनाको १३ वर्ष पूरा गर्दा दुई अर्ब ३८ करोडको कारोबार गर्न सफल भएको बताए ।
कार्यक्रममा संस्थाका सस्थापक एवं निवतर्मान अध्यक्ष रामप्रसाद आचार्यले संस्थाको सफलताको प्रमुख सूचक नै सदस्यहरुसंगको प्रगाढ सम्बन्ध कुशल व्यवस्थापन रहेको बताए । संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक मोहनबहादुर बुढाथोकीले संस्थाका आधारभुत लेखानिती अनुसार संस्थाले सदस्यहरुसंग कारोवार गर्दै आएको र सदस्यहरुलाई पारदर्शी रुपमा संस्थाको वित्तिय अवस्थाको बारेमा जानकारी दिइरहेको बताए ।
.jpg)
गत भदौ मसान्तमा १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको जेष्ट आइडियोलोजी साकोसले १ अर्ब ६६ करोड निक्षेप संकलन गरी २ अर्ब ४ करोड कर्जा लगानी गरेको छ । संस्थाले १० करोड ३६ लाख शेयर पूँजी रहेको संस्थामा विभिन्न कोषहरुमा १६ करोड ६६ लाख रहेको छ ।
संस्थाले आर्थिक वर्ष २०७८ / ०७९ मा ६ करोड ९ लाख रुपैया मुनाफा आर्जन गरेको छ । संस्थाको साधारण सभा पश्चात पनि सदस्यहरुको सहकारी भावनाको विकास गर्न संस्थाले बिभिन्न समयमा विस्तारीत मञ्च कार्यक्रम गर्ने गरेको जनाइएको छ ।
Advertisment