लघुवित्तको कर्जा प्रवाहमा कडाई, अब एउटा संस्थाबाट मात्रै ऋण लिन पाउने

लघुवित्तको कर्जा प्रवाहमा कडाई, अब एउटा संस्थाबाट मात्रै ऋण लिन पाउने

काठमाडौं : नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन र थप गर्दै कर्जा प्रवाहमा कडाई गरेको छ।

Sponsored Advertisement

राष्ट्र बैंकले  लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ संशोधन, परिमार्जन र थप गर्दै एउटा ऋणीलाई एउटा मात्र लघुवित्त संस्थाले कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । यसरी कर्जा प्रवाह गर्दा सीमा पनि नाघ्न नहुने निर्देशनमा उल्लेख छ।

अब बिनाधितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटामात्र लघुवित्त संस्थाले कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पर्नेछ । यसअघि एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिँदै आएका थिए। धेरै संस्थाबाट ऋण लिँदा जउठ्ने समस्या बढ्दै गएपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।

त्यस्तै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणीले लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य नहुने समेत व्यवस्था गरेको छ।