Below Menu
Below Menu

११ ब्रोकर कम्पनीले पाए व्यवसाय सञ्चालन इजाजतपत्र

११ ब्रोकर कम्पनीले पाए व्यवसाय सञ्चालन इजाजतपत्र

काठमाडौं : नेपाल धितोपत्र बोर्डले थप ११ धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) कम्पनीलाई व्यवसाय सञ्चालन इजाजतपत्र (लाइसेन्स) दिएको छ । 

साउन ४ गते बसेको धितोपत्र बोर्डको बैठकले थप ११ वटा ब्रोकरलाई लाइसेन्स दिएको हो । बोर्डमा नयाँ ब्रोकरका लागि आवेदन दिएका ४३ वटा मध्ये थप ११ कम्पनीलाई व्यवसाय सञ्चालन इजाजतपत्र दिएको हो ।

लाइसेन्स पाउनेमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रालि, आकाश भैरव सेक्युरिटी, पाही इन्भेष्टमेन्ट, एसपीएसए सेक्युरिज, एमएमबि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, स्टकक्स्कार्टस सेक्यु्रिटिज, इन्दिरा सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज रहेका छन्।

Advertisment

थप समाचार