Below Menu
Below Menu

राष्ट्र बैंकद्वारा साढे २ खर्बको आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक 

राष्ट्र बैंकद्वारा साढे २ खर्बको आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा सरकारले उठाउने आन्तरिक ऋणको कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै उक्त कार्यतालिका सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकका अनुसार सरकारले चालु आवमा ट्रेजरी बिल मार्फत ५५ अर्ब रुपैयाँ बराबरको आन्तरिक उठाउने भएको छ । उक्त  कार्यतालिका अनुसार राष्ट्र बैंकले प्रथम त्रैमासमा ५ अर्ब, दोस्रो त्रैमासमा १० अर्ब, तेस्रो त्रैमासमा १५ अर्ब र चौथो त्रैमासमा ५ अर्ब गरी ५५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने छ ।

राष्ट्र बैंकले यस अवधिमा २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको २३ अर्ब, १८२ दिन अवधिको १७ अर्ब र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने छ । 

यसका साथै चालु आवमा एक खर्ब ७९ अर्ब रुपैयाँ बराबरको विकास ऋण पत्र जारी गर्ने राष्ट्र बैंकको कार्यतालिकामा उल्लेख छ । राष्ट्र बैंकले ५ वर्ष अवधिका लागि ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने छ ।

त्यस्तै, राष्ट्र बैंकले जारी गर्ने विकास ऋणपत्रमा ६ वर्षे अवधिको ३०.८ हिस्सा ७४ अर्ब रुपैयाँ र ८ वर्षका लागि २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको हो । 

यसका साथै राष्ट्र बैंकले ५ वर्ष अवधिका लागि ५ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्कासन गर्ने राष्ट्र बैंकको कार्यतालिकामा उल्लेख छ । त्यस्तै चाल् आवमा ५ वर्षका लागि एक अर्ब रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने राष्ट्र बैंकले जनाएको छ । 

सरकारले चाल् आवको बजेटमार्फत २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । सोही लक्ष्य अनुरुप राष्ट्र बैंकले कार्यतालिका सार्वजनिक गरेको हो ।

Advertisment

थप समाचार