Below Menu
Below Menu

ब्याज आम्दानी बढेसँगै माछापुच्छ्रे बैंकको नाफा ९.७५ प्रतिशतले बढ्यो 

ब्याज आम्दानी बढेसँगै माछापुच्छ्रे बैंकको नाफा ९.७५ प्रतिशतले बढ्यो 

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले गत असार मसान्तसम्म एक अर्ब रुपैयाँ बढी नाफा कमाएको छ । बै‌कले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको हो । 

उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा बैंकको नाफा ९.७५ प्रतिशतले बढेको छ । अघिल्लो आवमा बैंकले एक अर्ब ६८ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको कारण नाफामा वृद्धि भएको हो ।

अघिल्लो आवको सोही अवधिमा ४ अर्ब ८७ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दनाी गरेको बैंकले गत आवमा ५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा यस्तो आम्दानी १०.४३ प्रतिशतले बढेको छ । त्यस्तै कुल सञ्चालन आम्दानी ८.३२ प्रतिशतले बढेको छ ।

त्यस्तै, समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा ९.९१ प्रतिशतले बढेर २ अर्ब ६९ करोड ८३ लाख रुपैयाँ पुगेको छ भने इम्पेरिमेन्ट चार्ज ३१ करोड ८८ लाख रुपैयाँले बढेर ८२ करोडले बढेको छ । 

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८४ पैसा रहेको छ । अघिल्लो आवमा १.०४ प्रतिशत रहेको खराब कर्जा बढेर २.१२ प्रतिशत पुगेको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १६२.६६ प्रतिशत बढेर १ अर्ब ५६ करोड ८७ लाख पुगेको छ । 
 

Advertisment