Below Menu
Below Menu

राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने

राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘छ’ जारी गर्ने जनाएको हो । 

राष्ट्र बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था गैर– बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा अन्य नागरिकले खरिद गर्न सक्नेछन् । ऋणपत्रका लागि खरिद कर्ताले बिहिबार ३ बजेसम्म बोलकबोल पेश गर्नुपर्नेछ ।  

शुक्रबारदेखि निष्कासन गर्न लागेको उक्त ऋणपत्रको साँवा र ब्याज भुक्तानी २०८६ साउन १९ गते हुनेछ । उक्त ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजदरमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । 

ईच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात्रु.८.५ अर्ब र रु.१.५ अर्ब छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ । 

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिनेरकमसम्ममा कायम भएको ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराईने राष्ट्र बैंकले जनाएको छ । 

उक्त ऋणपत्र खरिदको सिमा लागि न्युनतम पचास हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा रहेको छ । 

यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यस बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन नपाउने बैंकले जनाएको छ ।

प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ । ईच्छुक बोलवालाले बहु–ब्याजदरमा समेत बोल गर्न सक्नेछन् । अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकममात्र उल्लेख गर्नु पर्नेछ । प्रतिस्पर्धी बोलकबोलवाट निर्धारित एकल ब्याजदरमा अप्रतिस्पर्धी बोलवालालाई उक्त ऋणपत्र बिक्री गरिनेछ । 
 

Advertisment

थप समाचार