Below Menu
Below Menu

कामना सेवा विकास बैंकको नाफा २६.९३ प्रतिशतले घट्यो 

कामना सेवा विकास बैंकको नाफा २६.९३ प्रतिशतले घट्यो 

काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडको नाफा घटेको छ । बैकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ४३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा अघिल्लो आवको सोही अववधिको तुलनामा २६.९३ प्रतिशले कम हो । अघिल्लो आवमा बैंकले ५९ करोड ८५ हजार नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन नाफा र खुद फि कमिशन आम्दानी घटेका कारण नाफामा असर परेको हो । 

अघिल्लो आवको सोही अवधिमा एक अर्ब ९९ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आवमा २ अर्ब १६ करोड ५० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा यस्तो आम्दानी ८.६५ प्रतिशतले बढेको छ । त्यस्तै कुल सञ्चालन आम्दानी ४.५५ प्रतिशतले बढेको छ ।

त्यस्तै, समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा २०.०५ प्रतिशतले घटेर ६९ करोड १५ लाख रुपैयाँ पुगेको छ भने इम्पेरिमेन्ट चार्ज बढेर ५० करोड ३ लाख पुगेको छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ८८ पैसा रहेको छ । अघिल्लो आवमा २.३१ प्रतिशत रहेको खराब कर्जा बढेर २.९८ प्रतिशत पुगेको छ । 
 

Advertisment