Below Menu
Below Menu

बैंकहरुले कमाए ७० अर्बबढी नाफा: नबिलको सर्वाधिक, अन्यको कति ? 

बैंकहरुले कमाए ७० अर्बबढी नाफा: नबिलको सर्वाधिक, अन्यको कति ? 

काठमाडौं : हाल सञ्चालनमा रहेका विभिन्न २० वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा बैंकहरुले ७० अर्ब १७ करोड ५९ लाख रुपैयाँ बराबरको नाफा कमाएका छन् । 

उक्त नाफा अघिल्लो आवको तुलनामा २४.९२ प्रतिशतले बढी हो । आव २०७८÷७९ मा बैंकहरुले ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । यस असार मसान्तसम्म आइपुग्दा अधिकांश बैंकहरुको नाफा बढेको छ । अधिकांश बैंकहरुको नाफा कमाउनेमा नबिल बैंक रहेको छ । चौथो त्रैमाससम्म आइपुग्दा दुई बैंकहरुको नाफा भने घटेको छ । 

नबिल बैंकको नाफामा उछाल 

बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा नबिल बैंकको नाफामा उछाल आएको छ । बैंकले असार मसान्तसम्म ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ७६.८६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । 

दुई बैंकको नाफा घट्यो

गत असार मसान्तसम्म आइपुग्दा अधिकांश बैंकहरुको नाफा बढ्दा दुई बैंकको नाफा भने घटेको छ । यस अवधिमा प्राइम कमर्सियल बैंक र कुमारी बैंकको नाफा घटेको हो । अघिल्लो आवमा २ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको प्राइम बैंक्को नाफा १८.८० प्रतिशतले घटेर २ अबै २६ करोड ३१ लाख रुपैयाँमा झरेको छ । 

त्यस्तै, यस अवधिमा कुमारी बैंकले एक अर्ब ९५ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तु्लनामा २४.१४ प्रतिशतले घटेको हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

Advertisment